अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,कार्तिक २१ गते।
करेसा बारीमा गाढेको अवस्थामा शिशुको शव भेटिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाईलोमा मेनुका दवाडीको कसेरा बारीमा गाढेको अवस्थामा सालनालसहितको शिशुको शव भेटिएको हो ।शव भेटिएपछि प्रहरीले १५ वर्षीय बालिकालाई पक्राउ गरेको छ । बालिकाले नै शिशुको शव गाडेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रामबहादुर ढकाल नेतृत्वको टोलीले बालिकालाई पक्राउ गरेको हो ।स्थानीय मेनुका दवाडीको घरपछाडि रहेको करेसाबारीमा सात महिनाको शिशुलाई गाडेको अवस्थामा फेला पारेको थियो । बारीमा टमाटर रोप्ने क्रममा हातले माटो खोस्रँदा शिशुको हात देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।सालनाल समेत नकाटिकन अवस्थामा शिशुको शव भेटिएको प्रहरीले बताएको छ । आमाको उमेर १५ वर्ष भएका कारण परिचय भने गोप्य राखिएको छ । मृत भेटिएकी शिशु छोरी हुन् ।