अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,कार्तिक २१ गते।
सिरहामा घाँटी रेटेको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । सिरहा नगरपालिका वडा नम्बर–१२ सारसर बेल्हास्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी एक पुरुषको शव घाँटी रेटेको अवस्थामा फेला परेको हो ।रगतले लतपत उक्त पुरुषको कसैले घाँटी काटेर हत्या गरी फालेको हुनसक्ने प्रहरीको आशंका रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक अपिलराज वोहराले बताए । बिहीबार विहान स्थानीयले सो पुरुषको लास देखेपछि प्रहरीलाई खवर गरेका थिए ।अन्दाजी ५० बर्षिय मृतकको पहिचान खुल्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय सिरहाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरिक्षक वोहराले बताए ।