अवैध १८ लाख नेपाली रुपैयाँसहित पर्साबाट तीन जना भारतीय पक्राउ

अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता,कार्तिक २२ गते।

पर्सा प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार बिहान साढे १० बजे वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट सो बराबरको रकमसहित तीन जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। पक्राउ पर्नेमा भारत बिहार सुगौलीका २२ वर्षीय बिक्की कुमार, रक्सौल नागारोडका २६ वर्षीय सुधीर कुमार र ३० वर्षीय सहिद आलम रहेका छन्।

भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर०५एस ३७९२, बिआर०५बी १४४४ र बिआर०६एआर ३७८९ नम्बरको मोटरसाइकलमा सवार तिनै जनाबाट रकम बरामद भएको राठौरले बताए। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *