अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २२ गते।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको छ ।
ठक्करबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । बिमानस्थलका प्रत्यक्षदर्शिका अनुसार श्री एयरलायन्सको लापरर्वाहीका कारण यति एयरलाईसको विमानमा ठोक्किन पुगेको अनलाईन न्युजपाटीलाई बताइएको छ ।