जनकपुरस्थित सहयोगी विकास बैंक सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादवलाई पुर्पक्षका लागि जेल चलान

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २२ गते।

जनकपुरस्थित सहयोगी विकास बैंक सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादवलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।  जनकपुरधाम वडा नम्बर ७ बस्ने लालबाबु रौनियारको जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा दिपुलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । यादवले लालबाबु रौनियारको जग्गा धितोमा राखेर यादवले ५० लाख रुपैयाँ ऋण दिएका थिए । ऋण लिएको ८ वर्ष पछि चुक्ता स्वरुप ७३ लाख रुपैयाँ बुझाएका थिए । पीडित रौनियारले जग्गा बिक्री गरेको जानकारी पाएपछि उनले यादवविरुद्ध धनुषा जिल्ला अदालतमा ठगी तथा जालसाजीको मुद्दा जाहेरी दर्ता गराएका थिए ।सो मुद्दामा अदालतले पुर्पक्षका लागि जेल चलान गरेको अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए । पीडित रौनियारले करिब ८ वर्षअघि महोत्तरीको बर्दिवासमा रहेको ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए ।केही वर्षभित्रै सो ऋणवापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरेपनि जग्गा फिर्ता पाएका थिएनन् । जग्गा फिर्ता गर्न पटक–पटक आग्रह गर्दा पनि जग्गा नपाएपछि ६ वर्षअघि जिल्ला अदालत धनुषामा रौनियारले मुद्दा दायर गरेका थिए । यता, बैंकले  यादवलाई सञ्चालक समितिको सदस्यबाट पदमुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *