अनलाईन न्युजपाटी,बैतडी,समाचारदाता,कार्तिक २२ गते।
बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो । कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोतीको पुत्ला दहन गरेको त्यहाँवाट राजेश धामीले जानकारी दिनुभयो । ‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै उनीहरुले पुत्ला दहन गरेका थिए ।भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमी लिपुलेक,कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ । भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कुटनितिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ ।भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन समेत माग गरेका छन् । भारतले नेपाली भूमी आफ्नो नक्सामा समेटेपछी देशका अधिकांस स्थानमा बिरोध प्रदर्शन भइरहेको छ ।