भारतीय सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा फैसला सुनाएपछि जनकपुरको जानकी मन्दिरमा मिठाइ वितरण तथा दीपावली

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २४ गते।

पाँच सय वर्ष पुरानो अयोध्या विवादमा भारतीय सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा फैसला सुनाएपछि जनकपुरको जानकी मन्दिरमा मिठाइ वितरण तथा दीपावली गरी खुसियाली मनाइएको छ ।जानकी मन्दिरका सह महन्थ रामरोशन दास बैष्णवले खुसियालीमा शनिवार दिउँसो मिठाइ बाँडेका छन् ।यस्तै शुक्रबार साँझ जानकी मन्दिरमा दीपावली गरिएको छ ।जनकपुरको केहि घरहरुमा समेत घरको अगाडी दीप प्रज्वलन गरी दीपावली गर्दै खुसियाली मनाइएको छ ।त्रेता युगमा मिथिलाका राजा जनककी छोरी जानकीको अयोध्याका राजा दशरथका छोरा भगवान रामसंग विवाह भएको थियो । यस हिँसाबले अयोध्या जानकीको ससुराल मानिन्छ।हरेक वर्ष विवाहपञ्चमीका दिन भारतको अयोध्याबाट जनकपुरधाम जन्ती समेत आउने गर्दछ । गत बर्ष उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *