धनुषामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक २९गते।

धनुषामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का ४१ वर्षीय गोविन्द साह रहेको धनुषाका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।त्यस्तै मोटरसाइकलमा सवार रहेका धिरेश साह घाइते भएका छन् ।  शुक्रवार बिहान जनकपुरधामबाट विराटनगर जाँदै गरेको बसले लक्ष्मिनिया गाउँपालिका वडा नं. ६ निकालमा ज ९ प ५४६१ नम्बरको मोटरसाइकलमा ठक्कर दिएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *