अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर १३ गते।
सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयमा बम फेला परेको छ । नगरपालिकाको मुख्य गेटमा शंकासपद अवस्थामा रातो झोला राखिएको बम फेला परेको हो ।नगर प्रमुख हरिनारायण चौधरीको कार्यकक्षको रहेको भवनको मुल ढोका अगाडी उक्त झोला फेला परेको हो। बम कसले र कतिबेला राखेको विषयमा केहि खुल्न सकेका छैन ।हाल नेपालि सेना ,नेपाल प्रहरी बम डिस्पोजल टोलि आएर बम डिस्पोज प्रक्रियामा लागेको छ ।