कञ्चनपुरमा पुर्नवास नगरपालिका स्थित सिमरीमा दुई जना माथि सांघातिक आक्रमण

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, मंसिर १२ गते।

कञ्चनपुरमा पुर्नवास नगरपालिका स्थित सिमरीमा दुई जना माथि सांघातिक आक्रमण भएको छ । पुर्नवास नगरपालिकाको आईबीआरडीमा रहेको माछापुच्छ्रे बैँकमा कार्यरत दुई जना कर्मचारी माथि सांघातिक आक्रमण भएको हो ।  आक्रमणमा परी घाईते हुनेमा माछापुच्छ्रे बैँकका व्यवस्थापक प्रविन भट्ट र बैँकमै कार्यरत कर्मचारी शारदा पन्त रहेको प्रहरीले जनाएको छ ।आक्रमणबाट बैँकका व्यवस्थापक भट्ट गम्भीर घाईते भएका छन । उनको मुख र टाउकोमा चोट लागेकाले थप उपचारका लागि काठमाण्डौ लगिएको आफन्तले बताएका छन ।  घाईतेको टाउकोमा रगत जमेको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीनेश आचार्यले पुर्नवासबाट धनगढी आउने क्रममा पहिचान नखुलेको स्कुटरमा आएका तीनजना व्यक्तिले कुटपिट गरेको जानकारी प्राप्त भएपनि आक्रमणमा संलग्न व्यक्तिको भने पहिचान नभएको प्रहरीको भनाई छ । उनले घटनाको अनुसन्धान भईरहेको जनाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *