भारतको अयोध्याबाट हिडेका जन्ती आजै जनकपुरधाम आइपुग्ने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर १२ गते।

भारतको अयोध्याबाट हिडेका जन्ती आजै जनकपुरधाम आइपुग्ने भएको छ । आज विहान महोत्तरीको मटिहानी आइपुगका जन्तीलाई भव्य स्वागत गरिएको छ ।भारतको उत्तर प्रदेशमा पर्ने राम जन्मभुमि अयोध्याबाट करिब ५ सय जन्ती आउँदैछन् । विशेष झाँकीसहित जन्ती आउन लागेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दासले जानकारी दिए । विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन जनकपुरमा साँझ धनुष यज्ञको आयोजना गरिदैछ । त्यसअघि आइपुग्ने जन्तीलाई रंगभुमि मैदानमा भव्य स्वागत गरिनेछ । भोली जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारी स्वागत गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *