अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, मंसिर १२ गते।
विराटनगरस्थित मोरङ व्यापार संघमा मजदूरहरूले धर्ना दिएका छन् । सरकाले लागू गरेको सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन माग गर्दै मजदूरहरूले विराटनगर मेघनाथ मार्गस्थित मोरङ व्यापार संघमा धर्ना दिएका हुन् ।सामाजिक सुरक्षा दिवसको अवसरमा धर्नामा सहभागी भएका संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र र समग्र उद्योग ट्रेड युनियन नेपाल ले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन माग गरेका छन् ।सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले अझै सरकारले लागू गरको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वनयमा अटेर गरिरहेको मजदूरहरूको आरोप छ ।