अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर १३ गते।
सिरहाको सुखीपुर नगरपालिकामा अचम्मको अनौठो जनावर सालक फेला परेको छ। सुखीपुर नगरपालिका वडा नम्वर १० बस्ने कारी साहको करेशा बारीमा अनौठो खालको जनावर हिजो राती फेला परे पछि हेर्नेहरुको भिड लागेको थियो ।झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थाहा नभएको देखिन्छ । रौँ हेर्दा गोही जस्तो देखिन्छ ।
यता उक्त जनाबर सालक हो भन्ने डिभिजन वन कार्यालय सिरहा लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताउनु भयो । सालक मध्य पहाडमा पाईने जनाबर हो तर यो तराईको जिल्लामा कसरी आयो अचम्म लाग्छ र उक्त जनाबर डिभिजन वन कार्यालय सिरहामा राखिएको छ अनौठो जनाबर भएकोले हेर्न जाने मान्छेको भिड लागेको छ ।