उदयपुरमा कटुवा पेस्तोल सहित एक युवा पक्राउ अर्को फरार

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर १३ गते।

उदयपुरमा बिहिबार राति साढे ९ बजे बेलका नगरपालिका ३ सातपत्रेबाट कटुवा पेस्तोल सहित एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ सातपत्रेका १९ वर्षिय मनोज खत्रीलाई कटुवा पेस्तोल र एक राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।उनका अनुसार पक्राउ परेका खत्रीले सातपत्रेबाट रामपुर तर्फ आउँदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १८ वर्षिय विश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल समेत देखाएपछि प्रहरीलाई खबर गरेका थिए । कटुवा पेस्तोल देखाएपछि खड्काले ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा जानकारी गराउन साथ प्रहरीले खत्रीलाई कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एक राउण्ड गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए । मनोजसँगै एक जना फरार भएकोले फरारको खोजीकार्य जारी रहेको एसपी मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *