आईतबार र मंगलबार प्रदेश २ मा सार्वजनिक विदा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर १३ गते।

प्रदेश २ सरकारले विवाहपञ्चमी महोत्सव र गढीमाई मेलाको अवसरमा दुई दिन विदा दिएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा मंसिर १५ गते र गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुईदिन विदा दिएको हो ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा भव्यताका साथ मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेको प्रदेश सरकारका आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । यसवर्ष मंसिर १५ गते विवाहपञ्चमी महोत्सव परेकोले त्यस दिन विदा भएको उनको भनाई छ ।

यस्तै प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेला यस वर्ष समेत आयोजन भएकोले मंसिर १७ गतेलाई प्रदेश सरकारले विदा दिने मन्त्री परिषदबाटै निर्णय भएको कानुनमन्त्री यादवले बताए । मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिनको लागि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विज्ञप्ती जारी गर्दै विदाको घोषणा गरेको हो ।

बुधबार बसेको मन्त्री परिषदको निर्णयले बाराको प्रसिद्ध गढीमाई मेलाको मंसिर १७ गते मंगलबार विशेष पूजा हुने भएकाले सो दिन प्रदेश भरी सार्वजनिक विदा घोषणा गरेको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *