आश्रम छोडेर भागे बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास महाराज

अनलाईन न्युजपाटी,चतरा,समाचारदाता, मंसिर १३ गते।

बलात्कारको गम्भिर आरोप लागेका सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी आश्रम छोडेर फरार भएका छन । आफ्नै अनुयायी महिलामाथि गत ४ कार्तिकमा बलात्कार गरेको आरोप लागे पछि शुत्रबार विहानै देखि आश्रम छोडेर उपचार गर्ने विराटनगर जान्छु भन्दै हिडेको स्थानीयले बताएका छन ।

बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन । प्रहरीलाई सामाजिक सञ्जालमा ब्यापक दवाव आएपछि उनलाई उपचारको लागि भन्दै विराटनगर तर्फ लगिएको महाराजका सहयोगीहरुले बताएका छन ।

स्रोतका अनुसार पीडित महिला केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन सुनसरीको घटना भन्दै काठमाडौं प्रहरीले उजुरी नलिएपछि उनीहरू केन्द्रीय अनुसन्धान ब्युरो CBI गएका थिए । CBI ले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो । मंगलबार नै सिआइबीले सुनसरीमा जाहेरी पठाए पनि सुनसरी प्रहरीले अनुसन्धानमा सुरु गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *