अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, मंसिर १३ गते।
जिल्ला प्रहरी कार्यालय कैलालीले गएराती लागू औषध ब्राउन सुगर सहित दुई महिला र १ पुरुष सहित ३ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १ स्थित होटल पुष्पान्जलीको कोठा नम्बर ७०१ बाट ३ ग्राम ७६० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित धनगढी ५ का इन्द्रजीत धामी , धनगढी ८ कि एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालीका १ बस्ने मोनिका थापा भन्ने मोनिका बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।ब्राउन सुगरको कारोबार भैरहेको सुचना प्राप्त भएपछी होटेलमा छापा मारेर पक्राउ गरिएको उनले बताए । पक्राउ परेका तिनै जनालाई लागु औषध ब्राउग सुगर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको डिएसपी बस्नेतले जानकारी दिए ।