कास्कीको तल्लो गगनगौंडामा ल्याण्डक्रुजर आज दुर्घटनाग्रस्त

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर १३ गते।

कास्कीको तल्लो गगनगौंडामा ल्याण्डक्रुजर दुर्घटनाग्रस्त भएको छ । मुक्तिनाथबाट काठमाडौं जाँदै गरेको बा ३ च ३०८० नम्बरको प्राडो बिहान साढे ९ बजे सडकबाट उछिट्टिएर पल्टिएको हो ।घटनामा ८ जना घाइते भएको र घाइतेहरुको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । घाइते मध्ये काठमाडौं गोठाटारका २४ वर्षीय उत्सब थापाको अवस्था गम्भीर रहेको र बाकिँ ७ जना सामान्य घाइते भएको पनि प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *