प्रहरी र सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा ३ जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर १३ गते।

प्रहरी र सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो  ले नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् । बिहीबार पक्राउ परेका उनीहरुलाई सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।सुर्खेती र दवाडी फोटो स्टुडियो सञ्चालक हुन् । सुर्खेतीले सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गर्छन् भने दवाडीले बसुन्धरामा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गरेका छन् । उनीहरुलाई फोटो स्टुडियोबाट नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।सुर्खेतीको साथबाट प्रहरीले सशस्त्र प्रहरी बलको विशेष कार्यदल गण हलचोकको स्पेसल टाक फोर्स, सुरक्षा तालिम, तालिम, हतियार तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको ४ वटा प्रमाणपत्र बरामद गरेको छ । त्यस्तै जोरपाटीको चामुन्डा माविको मार्कसिट, रिदी माविको चारित्रिक प्रमाणपत्र अस्फोडेल पब्लिक स्कुल, माइलस्टोन इन्टरनेशनल कलेजको शैक्षिक प्रमाणपत्र विभिन्न व्यक्तिको राहदानी नेपाली सेनाको सिफारिसपत्र बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *