अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, मंसिर १३ गते।
कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा बिहिवार अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ। से १ त ३९०४ नम्बरको ट्याक्टरको ठक्करले सोही ठाउँकी ११ वर्षकी समिक्षा चौधरीको बिहिवार अपरान्ह ४ बजे मृत्यु भएको थियो। उनी साईकलमा सवार थिईन्।मृतकाका आफन्तले क्षतिपूर्ती र दोषीलाई कानूनी कारवाहीको माग गर्दै प्रदर्शन थालेपछि अहिले सम्म शव घटनास्थलमै रहेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले ट्याक्टरधनीसँग वार्ताको तयारी भईरहेको छ। प्रहरीले ट्याक्टर चालक नियन्त्रणमा लिएको छ।