जनकपुर समाचारदाता साउन २० |
धनुषामा आकासे पानीको भर पर्दापर्दै धान रोप्न ढिलो भयो । पानी अभावमा असार तेस्रो सक्ता सम्म किसानले रोपाई गर्न पाएनन् । त्यसपछि धनुषासहित देशैभरी आएको अविरल वर्षाले खेतहरु जलमगन भए । साउन पहिलो सक्ता सम्म परेको अविरल वर्षाले किसानलाई ठुलो क्षती पु¥यायो । पानी रोकेपछि धमाधम रोपाई सुरु गरेको किसानहरुलाई अहिले भने मल अभावले चिन्तित देखिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१३ पीडारीका किसान उपेन्द्र साहले पानी अभाव र पछी डुबानको समस्या समाधान भएपछि ढिलो गरी धान रोप्न सुरु गरे । जसोतसो धान रोप्न सुरु गरेका उनलाई अहिले फेरि मलको चिन्ताले सताएको छ । मलका लागि बारम्बार कृषि सामग्री कम्पनी लिमिटेड धनुषा धाउँदै आएका उनी मल नपाएर हरेक दिन रित्तै हात फर्किन्छन् । खेतमा धान रोपेलगत्तै आवश्यक पर्ने डीएपी मल नपाएपछि उनी निकै चिन्तित छन् । ‘डीएपी पाउने आशामा तीन–चारपटक साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाइसकेँ तर हरेक दिन रित्तै हात फर्किनु परेको छ’ उपेन्द्र साहले भने, ‘त्यहाँका कर्मचारीहरूले भदौ मसान्तमा मात्र डीएपी आउँछ भनेर किसानहरूलाई रित्तो हात फर्काउँछन् ।’
अविरल वर्षाले धानको
बीउ डुबानमा परेर
कुहिएको भन्दै बीउ ठूलो
हुँदै जान थालेपछि
धान रोप्न सुरु
गरेको उनले बताए
। धान रोप्नुअघि
नै त्यो बीउमा
मल आवश्यक पर्ने
गरेको उनले जनाए
। समयमा मल
हाल्न नपाएपछि उत्पादन
घट्ने चिन्ताले उनलाई
सताएको छ ।
गत वर्ष पनि
धानको सिजनमा डीएपी
नपाएका किसानहरूले यस वर्ष
पनि आवश्यक परेको
बेला जिल्लामा मल
नपाएपछि भारतीय बजारबाट ल्याउने
मनसाय बनाउन थालेका
छन् । ‘केही
दिन अझै कुर्छौं,
पाइएन भने भारतीय
बजारमै जानुपर्ला,’ उनले भने,
‘बढी पेसा दिएर
यहाँ पनि पाउँछन्
। तर, वास्तिविक
किसानसंग त्यति पैसा पनि
हुँदैनन् । हामीले
प्रत्येक वर्ष यहाँ
मल नपाएपछि भारतबाट
ल्याउँ छौं ।’
भारतबाट मल ल्याउनु
रहर नभई बाध्यता
रहको भन्दै भारतमा
सहज र सस्तोमा
गुणस्तरीहिन मल पाउने
गरेको उनले बताए
। तर, नेपालमा
राम्रो मल भएपनि
सहजै किसनले उचित
रेटमा नपाएको उनले
सुनाए । ‘उचित
रेटमा डिलरबला र
दलाले मात्र पाउँछन्,’
उनले भने, ‘किसान
कहिले पनि उचित
मुल्य र सहज
रुपमा मल पाउँदैनन्
।’ उनले वर्षौंदेखि
किसानले सिजनमा माग गरेको
मल पाउन नसकेको
भए पनि सरकारले
कहिल्यै ध्यान नएिको गुनासो
गरे । ‘चाहिएका
बेला कहिल्यै मल
मिल्दैन । दिए
पनि डीएपी चाहिएको
बेला युरिया दिन्छन्,
युरिया चाहिएको बेला डीएपी
। सरकारले कृषिलाई
प्राथमिकता दिने गरेको
बताउँदै आएको भए
पनि समस्या समाधानका
लागि भने कहिल्यै
पहल गर्दैन,’ किसान
गोपीलालले दुखेसो पोखे ।
अहिले मल वितरण
गर्ने कार्यालयका गोदाम
रित्तै छन् ।
‘किसानहरूको मल अभावको
समस्या कहिल्यै नटर्ने भो,’
कृषि सामग्री कम्पनी
लिमिटेड धनुषाका निमित्त शाखा
प्रमुख रवि कुमार
केसरीले भने, ‘किसानको हरेक
सिजनमा कम्तिमा ३ हजार
मेट्रिकटन डिएपि र ३ हजार मेट्रि«क टन
युरिया माग रहेपनि
कार्यालयले अहिलेसम्म ६ सय
९९ मेट्रिकटन टन
युरिया र ३
टन डिएपि मात्र
आपूर्ति गर्न गरेको
थियो । त्यती
मल सुरुवातमै बाँडियो
।’
यता कृषि सामग्री
कम्पनी लिमिटेड धनुषाका निमित्त
शाखा प्रमुख रवि
कुमार केसरीले धनुषामा
मल खाद्यको आपूर्ति
कृषि सामग्री कम्पनी
लिमिटेड र साल्ट
ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गर्दै
आएको बताए ।
आपूर्तीको ७० प्रतिशत
जिम्मा कृषि सामग्री
कम्पनीको र ३०
प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि
कसैसँग मल नरहेको
दाबी गरे ।
उनले कृषि सामग्री
कम्पनीसँग हजार बाह«
सय बोरा मात्र
मल रहेकोले त्यो
वित्तरण गर्न ठुलै
संकट रहेको बताए
। उनले अहिले
कृषि सामग्री कम्पनीले
५ बोराका दरले
डिलरहरुसँग मात्रै मलखाद्य बिक्रि
गर्नसक्ने आधार रहेको
बताए ।
सहकारीद्धारा मलमा कालोबाजारी
सरकारले धानखेतीलाई लक्षित गरी
किसानलाई सहुलियत दरमा उपलब्ध
गराउँदै आएको मल
किसानसम्म नपुगेर बीच बाटोबाटै
कालोबजारी हुने गरेको
किसानहरुले गुनासो गरेका छन्
। जिल्लामा किसानलाई
सहुलयत दरमा उपलब्ध
गराउने बाहनामा खोलिएको सहकारी
संस्थाहरु किसानसंग बढी दररेट
लिएर मल उपलब्ध
गराएको किसानहरुले बताएका छन्
। कृषि सामग्री
कम्पनी लिमिटेड शाखा कार्यालय
जनकपुरले धनुषामा रहेको एक
सय ९७ सहरकारी
संस्थामार्फत किसानलाई रासायनिक मल
पु¥याउँदै आएको
छ । कतिपय
सहकारी संस्थाले आवश्यकता भन्दा
बढी रासायनिक मल
लैजाने गरे पनि
सो मल किसानसम्म
नपुगी सहकारी संस्थाले
बीच बाटोमै विक्रेतालाई
बढी रकम लिएर
बेच्ने गरेको ग्रामीण क्षेत्रका
किसानले गुनासो गरेका हुन्
।
सहकारी संस्थाले तोकिएको मूल्यभन्दा बढी रकम लिने र जथाभावी ढुवानी खर्च राख्ने गरेकाले किसानले महँगोमा मल किन्नुपर्ने बाध्यता रहेको देखिएको छ । सरकारले किसानलाई ५० किलोको युरिया मल प्रतिबोरा नौ सय ५२ रुपैयाँ निर्धारण गरेको छ । यस्तै, ५० केजीको डिएपी मल प्रतिबोरा दुई हजार तीन सय एक, पोटास मल प्रतिबोरा एक हजार छ सय एक र २५ किजीको जैविक मल प्रतिबोरा एक सय ५१ रुपैयाँ सरकारले तोकेको छ । तर कतिपय सहकारी संस्थाले ढुवानी खर्चको नाममा चर्को मूल्य लिएर रासायनिक मल बिक्री गरिरहेको किसानहरु बताउँछन् ।