काठमाडौँ समाचारदाता साउन २०
आइतबार राति ११:४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो। त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार लीले कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखेका थिए। लीबाट बरामद भएको सुनको बजार मूल्य २ करोड २७ लाख हुन्छ।
‘भन्सार कार्यालयको एक्सरे मेसिनले चेक गर्दा शंकाष्पद देखिएपछि लीलाई नियन्त्रणमा लिएर राति नै सुनको ल्याब टेस्ट गर्न पठाएका थियौं, ’ ठाकुरले अनलाईन न्युजपट्टिसँग भने, ‘उनले ल्याएको वस्तु सुन भएको प्रमाणित भएपछि लीलाई प्रहरीको जिम्मा लगाइएको छ।’