गढीमाई मेला दर्शन गरेर फर्किदै गरेको यात्रु सवार पिकअप महोत्तरीमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १४ जना घाइते

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता, मंसिर १८ गते।

गढीमाई मेला दर्शन गरेर फर्किदै गरेको यात्रु सवार पिकअप महोत्तरीमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ज्यान जानेमा धनुषाधाम घर भएका सकुन्तला देवी महतो र भारत जयनगर घर भएका तनिया देवि महतो रहेकी छन् ।बाराको गढीमाई मेलाबाट मंगलबार राति फर्किदै गरेको २ च ८८५५ नम्बरको यात्रु बेकेको पिकअप अनियन्त्रित भई पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिको लक्ष्मिनीया स्थित सडकबाट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासले अनलाईन न्युजपाटीलाई जनाएको छ । राति २ बजे फर्किदै गरेको उक्त पिकअप विपरीत दिशाबाट आउँदै गरेको एक ट्रकले हेडलाईट डिम नगर्दा दुर्घटना भएको सडकबाट तल खसे दुर्घटना भएको जनाइएको छ ।दुर्घटनामा गम्भीर घाइते ४ जनालाई थप उपचारको लागी विपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । यस्तै समान्य घाइते १० जनाको बर्दिवास स्थित शुभस्वस्तिक अस्पताल उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएका पिकअप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले अनलाईन न्युजपाटीलाई जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *