अनलाईन न्युजपाटी,भोजपुर,समाचारदाता, मंसिर १७ गते।
खुकुरी प्रहार गरी दाईलाई घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।भोजपुर श्यामसिला घर भई पाख्रीवास नगरपालिका–५ मासेडडुवा बस्ने २६ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।श्रेष्ठले दाइ नाता पर्ने ४८ वर्षीय खड्ग बहादुर बयलकोटीलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घाइते बयलकोटीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।