१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको कुस्ती खेल आजदेखि जनकपुरमा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर २० गते।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको कुस्ती खेल आजदेखि जनकपुरमा हुने भएको छ । २० वटा स्वर्ण पदकका जनकपुर कभर्ड हलस्थित खेल हुन लागेको हो । आज दिउँसो ३ बजे खेलको उदघाटन कार्यक्रम रहेको छ ।कुस्ती प्रतियोगितामा पुरुषतर्फ ५७ किलो, ६१ किलो, ६५ किलो, ७० किलो, ७४ किलो, ७९ किलो, ८६ किलो, ९२ किलो, ९७ किलो र १ सय २५ किलो तौल समूहमा प्रतिस्पर्धा गरिनेछ ।महिलातर्फ ५० किलो, ५३ किलो, ५५ किलो, ५७ किलो, ५९ किलो, ६२ किलो, ६५ किलो, ६८ किलो, ७२ किलो र ७६ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।यसमध्ये नेपालले सात वटा तौल समूहमा मात्रै प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ ५७, ६५, ७०, ७९, ८६, ९२ र १ सय २५ तथा महिलातर्फ ५०, ५३, ५७, ६२, ६५ र ६८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।नेपालका खेलाडीमध्ये सुरेश चुनारा, सरोज यादव तथा शिवानी दुबेलाई स्वर्ण पदकको दाबेदार मानिएको छ । सुरेशले ७० किलो तौल समूहमा, सरोजले ६५ किलो र ५३ किलो तौल समूहमा शिवानी दुबेले स्वर्ण जित्ने आश नेपालले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *