अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर २८ गते।
धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् ।महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट भएको हो । सो विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।बम बिस्फोटमा घाइते भएका धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको पनि मृत्यु भएको छ । शुक्रबार राति बम बिस्फोटमा परि गम्भीर घाइते भएका इन्सपेक्टर दहालको विपी कोइराला विज्ञान प्रतिष्ठान धारानमा उपचारको क्रममा विहान ७ बजेर ६ मिनेटमा मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ ।शुक्रबार राति इलाका प्रहरी कार्यालय भन्दा केहि पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साहको घरमा शौचालय अगाडी राखिएको बम प्रहरी निरीक्षकसहितको टोली एकिन गर्न पुगेको बेला बिस्फोट भएको थियो ।त्यहि बेला बम बिस्फोट हुँदा घरमुली राजेश्वर साह, उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । भने इन्सपेक्टर दहाल, प्रहरी जवान रिजन महतो, मृतक साहका छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए । उनीहरुसबैलाई उपचारको लागि धरान लगिएको छ । तर उपचारको क्रममा भने इन्सपेक्टर दहालको मृत्यु भएको छ ।