अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष ३ गते।
न्यायाधीशका अंगरक्षक रहेका आफ्ना प्रेमीको हतियार लिएर फरार भएका युवक पक्राउ परेका छन् । प्रदेश २ को उच्च अदालत जनकपुरधाममा कार्यरत न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षक रनिता केवटले बोक्दै आएको सात राउण्ड गोली लोड गरिएको चाइनिज पेस्तोल लिएर केवटका प्रेमी सिवेन्द्र यादव फरार भएका थिए ।यादवलाई जनकपुरधाम उप–महानगरपालिका १५ स्थित रामपुर भन्ने ठाउँबाट हतियारसहित नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।यादवको मोवाइल ट्रयाक गरिरहेको प्रहरीले लोकेसन पत्ता लगाएर जाँदा उनलाई पक्राउ गर्न सफल भएको उनले बताए । ‘यादवलाई रामपुरस्थित सडक छेउबाटै पक्राउ गरिएको छ’ कार्कीले भने, “उनलाई नियन्त्रणमा लिएपछि हतियार पनि बरामद भएको छ ।”