अनलाईन न्युजपाटी, जनकपुरधाम समाचारदाता,साउन २८ ।
संघीय समाजवादी पार्टीका एकजना प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका हुन् ।
उनले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका छन् । आफ्नो स्वस्थयमा समस्या बढेकाले आराम गर्न राजिनामा दिएको डा. यादवले बताए ।
डा.
यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ । रिक्त पनि त्यहाँ पुनः
चुनाव गरिने छ ।
उनी जनकपुरका नाम चलेका बाल रोग विशेषज्ञ डाक्टर हुन् । चुनावको
बेला उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरेर चुनाव लडेका
थिए । चुनाव जितेर सांसद भए पनि उनको उपस्थिति सांसदमा न्युन रहेपनि आफ्नो
चिकित्सक पेशामा समय दिँदै आएका छन् । सांसद बनेपनि सदन र पार्टीको
कार्यक्रममा भन्दा चिकित्सक पेशामा बढी समय दिएको भन्दै पार्टी नेतृत्वमा डा.
यादवको आलोचना समेत हुने गरेको थियो । जसको कारण तनावमा आएर समेत राजिनामा गरेको
हुन शक्ने चर्चा भइरहेको छ ।