त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी

अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, साउन २८ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा हिजो साँझ विद्युत् चुहावट भएर आगालागी भएको  थिए  ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचौ  तलाको एक कोठामा आगलागी भएको जानकारी दिनुभयो । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताउनुभयो । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *