लागुऔषध कारोबार तथा चोरी गर्ने ७ जनाको समुह महोत्तरीबाट पक्राउ

अनलाईन न्युजपाटी,महोत्तरी   समाचारदाता , साउन ३१।

लागुऔषध कारोबारी तथा चोरीमा संलग्न गिरोहको ७ जना महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रामगोपालपुर नगरपालिका ५ का २७ वर्षीय रामबाबु ठाकुर शर्मा , २० वर्षीय रामबली महतो, २० वर्षका निरज कुमार मण्डल, १९ वर्षका जितेन्द्र कुमार मण्डल , २३ वर्षका रामकृष्ण महतो, वार्ड नं. ४ का २० वर्षीय सम्भु मण्डल र एकजना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरुलाई रामगोपालपुर नगरपालिका ५ बाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषधी नाइटरोभेट ६० पिस , सिरीन्ज ३ थान र स्पास्मो प्रोक्सीभेन क्यापसुल १८ पिस टयाब्लेट लागुऔषध बरामद गरेको छ ।

त्यस्तै चोरीको सामानहरु १२ भोल्टको एकथान व्याट्री, सैमसुंग र सोनी कम्पनीको ३२ इन्चको एलइडी २ थान, बिभिन्न कम्पनीको मोबाइल ३ थान, ज ७ प २९२५ नम्बरको पल्सर मोरसाइकल, भारतिय नम्बर प्लेटको बि आर ३० आर ६४३७ नम्बरको मोटरसाइर्कल र एउटा नम्बरप्लेट नभएको मोटरसाइकल समेत प्रहरीले उनीहरुको साथबाट बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ परेकोलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *