भारतबाट अबैध समान ओसारपसार ‘सेटिङ’ मिलाउने बाराबाट तिन जना पक्राउ

अनलाईन न्युजपाटी,सिमरा,समाचारदाता, भदौ १।

भारतबाट अबैध सामान ओसारपसारका लागी ‘सेटिङ’ मिलाईदिन भन्दै प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तिन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बिश्रामपुर गाउँपालिका १ छतवास्थित सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलीलाई आर्थीक प्रलोभनमा पार्न खोजेको भन्दै बाराको प्रसौनी गाउँपालिका ५ का ४५ वर्षीय शम्भुप्रसाद साह, सोही गाउँपालिका ६ का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका १६ का २४ वर्षीय छोटेलाल पटेललाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

भारतबाट नेपालका बिभिन्न स्थानमा कस्टमेटिक तथा कपडा लगायतका सामान अबैध रुपमा ओसारपसार गर्नका लागी प्रहरीले ‘सेटिङ’ मिलाईदिए त्यसबापत मासिक रुपमा रकम उपलब्ध गराउने र तत्कालका लागी भन्दै २६ हजार रुपयाँ दिन खोजेको जिल्लाका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक रञ्जितसिंह राठोरले जानकारी दिए । 

उनिहरुको प्रस्ताव प्रहरीले अस्विकार गरेपछी हामी अर्को कुनै क्षेत्रबाट जसरी पनी काम गछौँ भन्दै प्रहरीमाथी नै अपशब्द प्रयोग गरेपछी उनिहरुलाई नियन्त्रणमा लिईएको राठोरले बताए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको उनले अनलाईन न्युजपाटी समाचारदातालाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *