२ थान अटोमेटिक पेस्तोल र गोलीसहित एकजना नागढुंगाबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ, समाचारदाता, भदौ १।

महानगरीय प्रहरी वृत्त थानकोटले अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्डसहित एक जनालाई पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकप्वाइन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्डसहित थानकोट प्रहरीले ललितपुर कोन्ज्योसम गाउँपालिका-२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई पक्राउ गरेको बताएको हो।  

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी कुमार विक्रम थापाले धादिङबाट काठमाडौं आउँदै गरेको बा.२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको बताए।

लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरू भएको डायरी तथा कागजातहरू समेत प्रहरीले बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामा विप्लव कार्यक्रता रहेको हुन सक्ने बताएको छ।

लामालाई थप आवश्यक कारबाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *