अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ १।
जनकपुर अंचल अस्पतालको लापरवाहीले फेरी एक युवकको अकालमै ज्यान गएको छ । महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको ज्यान गएको हो ।
शनिवार समान्य जोरो र पेट दुखेपछि जनकपुर अंचल अस्पतालमा भर्ना भएका युवक कुन्दनको अस्पतालकै चरम लापरवाहीले आईतवार विहान ५ बजे ज्यान गएको परिवारजनले जनाएको छ ।
कुन्दनका भिनाजु भर्ना भएको बेला अकास्मिक कक्षका चिकित्सकले समयमा चेकजाँच तथा उपचार नगरेको र पछि डिउटीमा रहेका ल्याबको कर्मचारी र डा.आनन्दकुमार झाको लापरवाहीले कुन्दनको ज्यान गएको हो ।
मृतक कुन्दनका भिनाजु आसुतोषका अनुसार विहान पौने ५ बजे डा. आनन्दकुमार झाले बिरामीको अवस्था सिक्ति भएको र आईसियुमा भर्ना गर्नुपर्ने भन्दै बाहिरको निजी हस्पिटलमा लग्न परिवारजनलाई सल्लाह दिएका थिए । जनकपुर अंचल अस्पतालमै रहको आईसियुमा परिवारजनले भर्ना गरिदिन गुहार गर्दा डा. झाले यहाँ आईसियु खाली नरहेको भन्दै बाहिरै लग्न भनेका थिए । तर त्यति बेला अंचल अस्पतालको आईसियुको तीनवटा बेड खालिरहेको थियो ।
एम्बुलेन्सको जोरजाम गर्दैगर्दा कुन्दनको विहान ५ बजे ज्यान गएको भिनाजु आसुतोशको भनाई छ । अंचल अस्पतालमा आईसियु खाली हुँदाहूँदै समेत डाक्टरले उपचार राम्ररी नगरेको र झुटो बोलेर बिरामीलाई सिरियस अवस्थामा बाहिर रेफर गर्न खोज्दा मृत्यु भएको भिनाजु आसुतोषले गुनासो गर्नुभयो ।
ल्याबका कर्मचारी कहाँ पटक पटक दौडधुप गर्दा चारघण्टापछि रगत, पिसाव जाँचको रिपोर्ट दियो, डा.झाले हेरेपछि चिनीको मात्रा बढेकोले अवस्था गम्भीर भएको बताए । आईसियुमा भर्ना गर्नुपर्ने सल्लाह दिँदै बाहरि लग्न भने । त्यहाँ पनि आईसियु सेवा छ खाली थियो । तर डाक्टरले खाली छैन बाहिर लग्न सुझाए । जब एम्बुलेन्स खोजेर ल्याए । मेरो सालोको मृत्यु भयो’, भिनाजु आसुतोसले रुदैँ भन्नुभयो ।
उहाँले अस्पतालका चिकित्सक, ल्याबका कर्मचारीको चरम लापरवाहीले ज्यान गएको भन्दै घटनको छानविन गरी दोषीमाथि कार्वाहीगर्न माग गर्नुभयो ।