अनलाईन न्युजपाटी,विराटनगर,समाचारदाता, भदौ १।
मोरङको कानेपोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट गएराती
सवा ५ लाख चोरी भएको छ । कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी साकोसबाट
५ लाख २५ हजार ५१ रुपैया चोरी भएको मोरङ प्रहरीले जनाएको छ । साकोसको पूर्वपटिको
झ्यालको पल्ला र ग्रिल तोडेर भित्र चोरी भएको हो । बचत परिचालक रमेश शिवाकोटीले आइतबार
विहान ७ बजे संस्था खोल्दा भित्र तोफोड भएको देखेपछि चोरी बारे अरुलाई खबर गरेका थिए
। शिवाकोटीले साकोसको हिसाबका लागि विहानै कार्यालय आउँदा चोरीको बारेमा जानकारी भएको
बताए । चोरको समूहले कार्यालयमा जडान गरेको सिसी क्यामेराको तार काटेर हार्डडिक्स चोरी
भएको उनले बताए ।
चोरले सिसि क्यामेराको तार काटेर हार्डडिक्स लानुका साथै सेभको चाबी
लगाउने ठाउँबाट फोडेर रकम चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर
रामबहादुर ढकालले बताए । कार्यालय भित्रको सामान छरिएको अवस्थामा नभएकोले
यहाँ चोरी गर्ने चोर पेसेवर भएको हुनसक्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय
पथरीको टोलीले विहानै चोरी भएको स्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ।