१५ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीबाट एक जना पक्राउ

अनलाईन न्युजपाटी ,कैलाली ,समाचारदाता, भदौ ४ ।

कैलालीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ भगवानपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शंकरपुरका २२ वर्षीया मिलन देवललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

किशोरीलाई सुतिरहेको बेला आज बिहान करिब ३ बजे घर भित्रै प्रवेश गरी मुख थुनेर बलात्कार गरेको आरोप लागेको छ। देवललाई पक्राउ गरी थप अनुसन्धानका लागि धनगढी ल्याउदै गरेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *