बझाङमा भरुवा बन्दुक र मोटसाईकल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनलाईन न्युजपाटी ,धनगढी  ,समाचारदाता, भदौ ४ ।

बझाङमा भरुवा बन्दुक र मोटसाईकल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी स्याडीबाट खटि गएको प्रहरी सहायक निरिक्षक धनन्जय जोशी कमान्डको टोलीले बिथ्थडचिर गाँउपालिका वडा नम्बर १ भिरा भिडका ४५ बर्षिया लाल बहादुर बोहरालाई पक्राउ गरेको हो । एक नाले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । से ३ प २९५२ नम्बरको मोटर साईकलमा सवार रहेका बोहरालाई चेक चाँज गर्ने क्रममा विना ईजाजत एक नाले भरुवा बन्दुक फेला परेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेयले बताए । प्रहरीले मोटरसाईकल समेत नियन्त्रणमा लिएको जनाएको छ । बोहरालाई हात हतियार खरखजना मुद्धा सहित बझाङ जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाईएको पाण्डेयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *