वीरगञ्जमा रहेको यातायात व्यवस्था कार्यालय नारायणीको ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने चार जना पक्राउ

अनलाईन न्युजपाटी ,बिरगंज   ,समाचारदाता, भदौ ४ ।

वीरगञ्जमा रहेको यातायात व्यवस्था कार्यालय नारायणीको ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले विचौलियाको काम गर्ने पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ इटियाही बस्ने २८ वर्षीय राजकुमार साह, सोही गाउँपालिका वडा नम्बर ४ मधुवन बस्ने २८ वर्षीय अमलेश प्रसाद साह, बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ बस्ने ३१ वर्षीय सतरोहन प्रसाद साह र मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्ले बस्ने ४१ वर्षीय समर्थन न्यौपानेलाई पक्राउ गरेको हो।उनीहरु चारै जनालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ स्थित यातायात कार्यालयको ट्रायल सेन्टरबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।उनीहरुको साथबाट प्रहरीले ८२ हजार नगद तथा लाइसेन्स सम्बन्धी काम गरिने विभिन्न कागजातसमेत बरामद गरेको छ। पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *