अब नियुक्त हुने सरकारी कर्मचारीका लागि नयाँ पेन्सन प्रणाली लागू

अनलाईन न्युजपाटी ,काठमाडौँ  ,समाचारदाता, भदौ ५  ।

यो आर्थिक वर्षमा सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीका लागि सरकारले छुट्टै निवृत्तभरण ऐन बनाएको छ । उत्त ऐन अनुसार अब नियुक्त हुने सरकारी कर्मचारीले आफ्नै तलवबाट काटिएको रकमको आधारमा  निवृत्तभरण  पाउने छन् । यो ऐन निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा शिक्षकहरुको लागि लागू हुने छ ।सरकारले निवृत्तिभरणमा मात्रै वर्षेनि मोटो रकम खर्च गर्दा आर्थिक भार बढेको भन्दै नयाँ नियम लागू गरेको हो ।त्यसो त सरकारले आर्थिक वर्ष २०७५ साउन पछि नियुक्त हुने सबै सरकारी कर्मचारीको लागि यो नियम लागु गर्ने बताएको थियो । आर्थिक वर्ष २०७५/७६को बजेट भाषणमानै अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ साउन १ गतेदेखि नियुक्त हुने सबै राष्ट्र सेवकहरुका लागि योगदानमा आधारित निवृत्तभरण कार्यक्रम अनिवार्य लागु गर्ने घोषणा गरेका थिए ।तर, आन्तरीक तयारी नपुगेपछि सरकारको योजना पुरा हुन पाएन । त्यतिबेलासम्म सरकारले ऐन बनाएकै थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *