अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता, भदौ ५ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सहयोगी भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाइ ३५ हजार घुससहित पक्राउ गरेको छ। मालपोत कार्यालय मनमैजु काठमाडौंका कार्यालय सहयोगी (पाँचौं तह) कान्छा भण्डारीसहित दुई जना घुससहित पक्राउ परेका छन्।बैंक तथा वित्तिय संस्थाबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न सहज गरिदिने भनी उनीहरुले सेवाग्राहीसँग घुस लिएका हुन्।मालपोत कार्यालय मनमैजुको पूर्व ब्रदर किचनमा घुस लिई कार्यालय परिसरमा जादै गरेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिायरका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।