सामुहिक बलात्कार गर्ने गुल्मीका ३ युवा कारागार चलान

अनलाईन न्युजपाटी ,गुल्मी ,समाचारदाता, भदौ ५  ।

केहि दिन अघि सामुहिक बलात्कार गर्ने तीन जना युवा कारागार चलान भएका छन् । गत साउन १७ गते दुई बालिकालाई तीन जनाले बलात्कार गरेका थिए ।मदाने गाउँपालिका ७ बस्ने १९ बर्षीय सुमन पन्थी, धुर्कोट गाउँपालिका ६ का २५ बर्षीय सुरज पन्थी र रेनपा ४ का ३२ बर्षीय ओम बहादुर खत्री पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला अदालत गुल्मीको श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए ।अहिलेम्म संकलित प्रमाणबाट सो मुद्धा पुर्पक्षको मनासिप देखिएकाले न्यायधिस कृष्णप्रसाद पौडेलले मुलुकी अपराधार कार्यविधी संहिता, २०७४ को दफा ६७ (१) बमोजिम थुनामा राख्न आदेश दिएका हुन् ।बालिका बलात्कारको आरोपमा प्रहरीले तीनै जनालाई साउन १८ गते गिरफ्तार गरेको थियो । बालिकाहरु साउन १६ गतेबाट परिवारको सम्पर्कमा थिएनन् । बालिकाका आफन्तले छोरीहरु खोजतलासको लागि प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोज्दै जाँदा बालिकाहरु तम्घासमै फेला पारेको प्रहरी प्रमुख एसपी दिपक बस्नेतले जानकारी दिए ।बालिकालाई सोधपुछ गर्दै जाँदा घटनाको थप रहस्य बाहिर आएकाले परिवारको उजुरीको आधारमा मुद्धा चलाएको बस्नेतले बताए । बालिकाले आफुहरुलाई दुई दिनसम्म संगै राखेर बलात्कार गरेको र यस अघि पनि यौन शोषण गर्ने गरेको प्रहरी समक्ष बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *