अनलाईन न्युजपाटी, पर्सा, समाचारदाता, भदौ १० गते ।
पर्सामा एक नक्कली ट्रायल परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा दिने बाराको प्रसौनी गाउँपालिका ९ पन्टोका बस्ने २९ वर्षीय जगन साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।तेलीलाई बाराको औरहिया गोठ बस्ने चिरंजिवी प्रसाद यादवको नामबाट लाइसेन्सको लागि ट्रायल परीक्षा दिने क्रममा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका तेलीलाई वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।