अनलाईन न्युजपाटी, बुटवल ,समाचारदाता, भदौ १२ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवलस्थित मालपोत कार्यालयका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुस रकम सहित पक्राउ गरेको छ । जग्गा नामसारी गरी लालपुर्जा बनाइदिने भनि सेवाग्राहीहरुसँग १ लाख २० हजार घुस लिदै गरेको अवस्थामा बुटवल स्थित अख्तियारको टोलीले पक्राउ गरेको हो । उनिहरुलाई सेवाग्राहीको सुचनाको आधारमा आज दिउँसो साढे १२ बजे मालपोत कार्यालय परिसरबाटै रङ्गेहात पक्राउ गरेको हो ।
अख्तियार कार्यलय बुटवल शाखाका सुचना पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानकालागि आयोगको केन्द्रिय कार्यालय टंगालमा पठाइने अख्तियारको बुटवल स्थित कार्यालयका सूचना अधिकृत सुरेश भुसालले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।