सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिए

अनलाईन न्युजपाटी ,सुर्खेत  , समाचारदाता, भदौ १३ गते ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् ।बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *