पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरे

अनलाईन न्युजपाटी,पर्सा  , समाचारदाता भदौ १७ गते।

पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्‍याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन् ।उनको शव पोष्टमार्टमपछि सोमबार साँझ नै प्रहरीले बुवा नविलाललाई बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *