डर लाग्दो रुपमा फैलिदैं स्क्रब टाइफस ,दुई जनाको मृत्यु, बिरामी संख्या १३८ पुग्यो

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता असोज ३ गते।

सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसबाट दुई जनाको ज्यान गएको छ । बझाङको वित्थडचिरका २३ वर्षीया सरस्वती सिंह र कैलालीको गेटाका १५ वर्षीय भरत खातीको स्क्रब टाइफसबाट ज्यान गएको सामाजिक विकास मत्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्की जानकारी दिए । हाल सम्म सुदूरपश्चिम प्रदेशमा १ सय ३८ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको उनले बताए । स्क्रब टाइफसबाट प्रभावितहरू बढिरहेका छन् उनले भने हामी नियन्त्रणमा लागि रहेका छौँ । 

मुसामा पाइने किर्ना जातको किराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीमा कडा खाले ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मीको भनाई छ । बिहीबार साँझ सम्म  १ सय ३८ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । स्क्रब टाइफसबाट सबै भन्दा बढी प्रभावित डडेल्धुरा रहेको छ ।

डडेल्धुरामा ५२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । कैलालीमा ४२ जना, बैतडीमा २२ जना,डोटीमा छ जना, कञ्चनपुरमा नौ जना, बझाङमा पाँच जना र दार्चुलामा दार्चुलामा दुईजनामा स्क्रब टाइफस देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *