एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा एक जनालाई सात वर्ष ६ महिना कैद सजाय

अनलाईन न्युजपाटी, धादिंग ,समाचारदाता ,असोज ३  गते ।  

सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
 जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो । पीडिलाई रु ५० हजार क्षपिूर्तिसमेत दिनसमेत योगीको नाममा आदेश जारी भएको जिल्ला अदालतले जनाएको छ । 
 योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ बमोजिम सात वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप छ महीना कैद र पीडित पक्षलाई रु ५० हजार क्षपिूर्ति भराउन फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिए ।
 मुद्दा जिल्ला अदालमा विचाराधीन रहेकै बेला घरमा आगोले पोलेर उपचारका क्रममा वि.सं २०७५ फागुन १९ गते पीडितको शिक्षण अस्पालमा मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *