गौरीफन्टामा चाडबाडलाई लक्षित गरि नेपाल–भारत सीमा सुरक्षा बैठक

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता असोज ४ गते।

चाडबाडलाई लक्षित गरि सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टामा नेपाल–भारत सीमा सुरक्षा बैठक भारतीय सीमा सुरक्षा वलको ३९ बटालियनमा सम्पन्न भएको छ ।आउदै गरेको दशै, तिहारमा भारतीय शहरहरुका काम गरेर नेपाल फर्कने र नेपालबाट भारत तर्फ जाने यात्रुहरुको सहजताका लागि सीमामा संयुक्त हेल्पडेक्सको स्थापना गरिएको छ ।हेल्पडेक्सले शसस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मिहरुबाट सीमामा आईपर्ने समस्याका बारेमा निराकरण गरिने नम्बर ३४ गणका निमित्त गणपति शसस्त्र प्रहरी नायब उपरिक्षक भिम बहादुर चन्दले बताए ।उनले यसबाट दशै तिहार मनाउन आउने नेपालीहरुलाई सहजता हुने बताए । सीमा नाकामा ठगिएको, लुटिएको भन्ने सुचनाहरु आईरहेको बेला संयुक्त हेल्प डेक्सले मद्दत गर्ने भारतीय सीमा सुरक्षा बल एसएसबी उनान्चालिस बटालियनका कमाण्डर संजिवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *