१४ बर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्ध पक्राउ

अनलाईन न्युजपाटी, नवलपरासी  ,समाचारदाता ,असोज ९  गते ।  

नवलपरासीको प्रहरीले एक १४ बर्षीया  बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको  जिल्ला प्रहरी प्रमुख एसपी  मोहन पोखरेलले जानकारी दिए । घलेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको र अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए । उनका अनुसार  ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *