अनलाईन न्युजपाटी, बझांग,समाचारदाता ,असोज १० गते ।
जिल्लाको बुंगल नगरपालिकाबाट पाँच किलो लागुऔषध चरेस सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अस्थाइ प्रहरी पोष्ट विजगडाबाट प्रहरी सहायक निरीक्षक अम्मरसिंह भण्डारीको कमाण्डमा खटी गएको ४ जनाको प्रहरी टोलीले बुंगल नगरपालिका–२ को सुङरबगर भन्ने स्थानबाट चरेस सहित तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बुंगल नगरपालिका–२ का २२ वर्षीय जयबहादुर धामी, ३७ वर्षीय पदम आग्री र सोही ठाँउका २२ वर्षीय अजयबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।झोला बोकी हिँडीरहेका तीनै जनालाई शंका लागेपछि प्रहरीले झोला चेकजाँच गर्ने क्रममा उनीहरुको झोलाबाट प्लाष्टिक बेरी राखेको अवस्थामा पाँच केजी चरेस पक्राउ परेको प्रहरीले जनाएको छ ।