एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध उजुरी दिने एक व्यक्तिले ह्वाइट हाउस अर्थात् अमेरिकी राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारी डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपतिबीच भएको फोनको विवरण लुकाउने कोसिस गरेको आरोप लगाएका छन् । हालै सार्वजनिक भएको उजुरी अनुसार फोनको विवरण साधारण कम्प्युटर सिस्टममा थिएन । यसलाई एक भिन्न प्रणालीमा राखिएको थियो ।यसैबीच, उक्त उजुरीको विवरण सार्वजनिक गरिएको छ जसको आधारमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु भयो ।उजुरीकर्ताले ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनावमा विदेशी दखलका लागि आफ्नो शक्तिको प्रयोग गरिरहेको आरोप लगाएका छन् । अमेरिकाको नेशनल इन्टेलिजेन्सका कार्यवाहक निर्देशक जोसेफ मेगुरे कांग्रेस समितिसामू पेश भएका छन् । समितिले उनलाई ‘ट्रम्प र युक्रेनका राष्ट्रपतिबीचको फोन वार्ताको विषयमा एक गुप्तचर अधिकारीले व्यक्त गरेको चिन्तामाथि थुप्रै हप्तासम्म किन मौन बसेको’ भनेर सोध्न सक्छ । अमेरिकी राष्ट्रपतिको अफिस, ह्वाइट हाउसले डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीबीच फोनमा भएको उक्त कुराकानीको विवारण जारी गरेको थियो जसलाई आधार मानेर ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु भइसकेको छ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा डेमोक्रेट पार्टीका नेता चक शुमरले जारी गरिएको दस्तावेजले महाभियोगको कारवाहीमाथि मुहर लगाएको बताएका छन् ।यस्तै, ओकलाहोमाबाट रिपब्लिकन पार्टीका सांसद मार्कवेयर म्युलिनले यी दस्तावेजबाट केही पनि प्रमाणित नहुने बताएका छन् । उनले भनेका थिए, ‘यसमा केही पनि छैन । यदि प्रवक्ताले महाभियोगको पूरा प्रक्रियाको आधार यसलाई नै मानेकी छिन् भने उनी जमेको पानीमा पौडी खेलिरहेकी छिन् किनभने उनी कतै पनि पुग्ने छाँटकाँटमा छैनन् ।’